९ वर्ष पछि हत्यारा पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख – प्रहरीले काभ्रेको गोकुलेमा एक व्यक्तिलाई हत्या गरेको आरोपमा इन्द्रबहादुर मोक्तानलाई पक्राउ गरेको छ । घटनाको ९ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एसपी सुदिप गिरीका अनुसार ०६७ सालमा गोकुलेमा दीर्घबहादुर गोलेलाई हत्या गरेर मोक्तान फरार थिए । उनको खोजीमा जुटेका ब्युरोका अधिकारीले शनिबार पक्राउ गर्न सफल भएका थिए ।

पक्राउ गरिए लगत्तै उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, काभ्रे पठाइएको एसपी गिरीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us