फेरी प्रहरीले सुनसहित एक जनालाई पक्रियो

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – प्रहरीले हेटौँडाबाट एक किलो ६ सय ४९.९६ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित सडकबाट भोजपुर खडानन्द नगरपालिका–४ भोजपुर बस्ने २९ वर्षीय किशोर ल्वागुन बिश्वकर्मालाई सुनसहित बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाण्डुबाट वीरगंजतर्फ जाँदै गरेको ना. ८ ख ३७९२ नम्बरको बस जाँच गर्ने क्रममा उनले लुकाईछिपाई ल्याउँदै गरेको उक्त परिमाणको सुन फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us