चोरीको मोटरसाइकल रोक्न खोज्दा प्रहरीमाथि नै हेल्मेट प्रहार

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – काठमाण्डुमा मोटरसाइकल चोरी गरेर भागेका एक ब्यक्ति पक्राउ परेका छन् ।

दोलखा देउराली गाउँपालिका–८ घर भइ काठमाण्डु बसुन्धरा बस्ने २२ वर्षीय मोहनलाल श्रेष्ठलाई चोरीको बा.७८ प ४८२० नम्बरको मोटरसाइकल सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ३ जना सवार उक्त मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा २ जनाले चेकिङमा रहेका प्रहरीलाई हेल्मेट प्रहार गरी फरार भएका प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुल्न आएको हो । फरार २ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us