
काठमाण्डु, २६ वैशाख – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार दोस्रो पटक सीता दाहालको सिउँदो भर्दैछन् ।
२०२६ साल वैशाख २६ गते सीता दाहालसँग विवाह गरेका प्रचण्डले ५० औं वैवाहिक वर्षगाँठ विशेष ढंगले मनाउन लागेका हुन् । बिहीबार साँझ ५ बजे खुमलटारस्थित निवासमा पारिवारिक जमघटमा प्रचण्डले सीतालाई सिन्दुर लगाउने तयारी छ ।
५० औं वर्षगाँठमा आफ्नो विवाहको लमी बनेका केशवप्रसाद भट्टराईलाई गत भदौमा प्रचण्ड स्वयमले बालाजु पुगेर निम्तो दिएका थिए ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले निजी निवास खुमलटारमा अध्यक्ष प्रचण्डले सामान्य ढंगले ५० औं वैवाहिक वर्षगाँठ मनाउने तयारी भएको बताए ।