
एजेन्सी । पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा कारले किचेर कम्तिमा १३ बालबालिका घाइते भएका छन् । जसमध्ये ४ जना बेहोश रहेको प्रहरीले जनाएको छ ।
जापान टाइम्स डटकमका अनुसार बुधबार बिहानै दुई वटा कार दुर्घटनामा पर्दा नर्सरी स्कूलका २–३ वर्षका बालबालिकाको समूहमाथि एउटा कार दौडेको थियो ।
जापानको सरकारी टेलिभिजन एनएचकेले बालबालिकासँग तीन जना सहयोगी पनि रहेको जनाएको छ । प्रहरीले दुई जना कार चालक महिलालाई गिरफ्तार गरेको छ भने घाइते बालबालिकालाई अस्पताल लगिएको छ ।