पपुवा न्यु गिनीमा ७.२ म्याग्नीच्युडको भूकम्प गयो

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १६:५१ मा प्रकाशित

वासिङटन– पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ ।

यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी कुनै पनि समाचार प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन । पपुवा न्यु गिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो । एएनआइ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us