ट्रयाक्टर दुर्घटनामा दाजुको मृत्यु, भाई घाइते

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १६:३५ मा प्रकाशित

मलंगवा, २३ बैशाख – सर्लाही बसबरिया गाउँपालिका–३ मानपुर ब्यारेज नजिक सोमबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

गाउँको भित्री सडकमा ज१त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा आशिक महतोको मृत्यु भएको हो । महतोलाई उपचारका लागि बरहथवा ल्याउनेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महतो सोही ट्याक्टरका चालक हुन् ।

दुर्घटनामा मृतक आशिकका भाई १६ वर्षीय आदित्य महतो गम्भीर घाइते भएका छन् । उनलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us