राजपालाई उपेन्द्रले पार्टी एकतामा बाेलाए

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका कार्यसमिति अध्यक्ष उपेन्द्र यादवले अहिलेका कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी नभएर कमाउनिष्ट भएको दाबी गरेको छन् ।

राजधानीमा सोमबार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादवले भने, ‘मैले कम्यूनिष्ट आन्दोलन लामो समयसम्म गरेँ, तर अहिलेका कम्यूनिष्ट कम्यूनिष्ट नभएर कमाउनिष्ट भएका छन् ।’

उनले अहिले कम्यूनिष्टको बोलबाला नभई कमाउनिष्टहरुको बोलबाला रहेको पनि दाबी गरे । उनले घुमाउरो पाराले आफ्नै सरकारविरुद्ध चेतावनीकाे भाषा बाेलेका थिए ।

‘कम्यूनिष्टहरुले भन्दैछन् कि हाम्रो एजेण्डा संघीयता थिएन यो त मधेश आन्दोलनले जबरजस्ती ल्याएको छ ’ उनले भने, ‘हो मधेस आन्दोलनले यो संघीयता आएको हो ।’

यादव प्रमुख प्रतिपक्षी दल काँग्रेसमाथि पनि कडा रुपमा प्रस्तुत भए । उनले काँग्रेसको सिद्दान्त नै संवैधानिक राजतन्त्र भएको भन्दै सो पार्टी अहिले त्यसैमा लागेको बताए । उनले देशलाई दरिद्र बनाउने काम काँग्रेसले गरेको आरोप पनि लगाए ।

अरुबाट दान दक्षिणा लिएर देश समृद्ध नहुने भन्दै उनले देशलाई समृद्ध बनाउन आफै सक्षम हुनुपर्नेमा जोड दिए ।

उनले संविधान संशोधन गरेर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा पनि जोदिए ।

उनले भने, ‘मुलुक आर्थिक रुपले यसरी सम्पन्न होस्, जसले देशका युवालाई खाडी मुलुक जान नपरोस् ‌।’ यादवले भने, ‘यो एकताले देशलाई जोडेको छ । यो एकीकरले हिमाल, पहाड र तराई मिलेको छ, जसले राष्ट्रिय एकतालाई बलियो बनाएको छ ।’

उनले राजपा नेपाललाई पनि एकतामा आउन आह्वान गरे । ‘सानोतिनो सटर खोलेर ग्राहक आउँछन् कि भनेर कुर्ने युग अब सकियो,’ यादवले भने, ‘राजपा, राष्ट्रिय जनमुक्ति पार्टीलगायतलाई पनि एकतावद्ध हुन आग्रह गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us