बागमती किनारामा राखिएको एक्स्काभेटरमा आगलागी

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते ११:३९ मा प्रकाशित

सर्लाही, २३ बैशाख – बागमती नदी किनारामा राखिएको एक्स्काभेटरमा आगलागी भएको छ ।

नदीमा गिट्टीबालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको एक्स्काभेटरमा सोमबार बिहान अज्ञात व्यक्तिका समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

एक्स्काभेटरमा विप्लव नेतृत्वको नेकपा माओवादीले आगजनी गरेको हुन सक्ने आशंका गरिएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us