मलाई मोदीले झापट हान्न लगाएः केजरीवाल

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १५:०९ मा प्रकाशित

एजेन्सी – शनिबार चुनावी अभियानका क्रममा रहेका दिल्लीका मुख्यमन्त्रीले बीच सडकमै झापड खाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको राजिनामा माग गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै आम आद्मी पार्टीका संयोजकसमेत रहेका अरविन्द केजरीवालले उक्त घटना पधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भएको आरोप लगाए ।

केजरीवालले प्रधानमन्त्री पदबाट मोदीले राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

उनले गएको पाँच वर्षमा आफूमाथि ९ पटक आक्रमण भएको बताए । उनले आफूमाथिको आक्रमण दिल्लीका नागरिकमाथिको आक्रमण भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us