
सप्तरी, २२ बैशाख – जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर १४ विष्णपुर टोल बस्ने ६० वर्षीय जगदिश रामको शनिबार राति मृत्यु भएको हो ।
निजकै ३२ वर्षीय छोरा देवकुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका जगदिशको स्थानीय मेडिकल रामपुर मल्हनियामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुटपिट गर्ने देव कुमार रामको फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।