बुटवलमा टिपर आतंकः १९ वर्षिया पुष्पाको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १२:२३ मा प्रकाशित

बुटवल, १९ बैशाख – रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर बस्ने वर्ष १९ की पुष्पा भण्डारी रहेको प्रहरीले जनाएको छ ।

बुवासँगै घर जाँदै गरेकी पुष्पालाई टिपरले जितगढीमा ठक्कर दिएको हो । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्वरको मोटरसाइकलमा सवार भण्डारीलाई बुटवलबाटै पश्चिमतर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको जनाइएको छ ।

बुवा घनश्याम भण्डारीले मोटरसाइकल चलाएको र छोरी पुष्पा मोटरसाइकलको पछाडि बसेको अवस्थामा टिपरले उनीहरूलाई पछाडिबाट ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट छोरी पुष्पाको घटनास्थलमै ज्यान गए पनि बुवा घनश्याम भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नम्वरको टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us