
बझाङ, १९ बैशाख – बझाङको थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
थलारा गाउँपालिका– ५ गौमती खोलामा बिहीबार बिहान से१ज १००७ नम्बरको जीप दुर्घटना हुँदा सोहि गाँउपालिका– ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
जीप विवाहको सामान पुर्याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।