ग्यास चुलो गोदाममा आगलागी, ६ महिने शिशुसहित पाँच जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते ११:१४ मा प्रकाशित

एजेन्सी – भारतको लखनउमा आगलागीमा परी ५ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान लखनउस्थित इन्दिरनगरको एक घरमा बनाइएको ग्यास चुलोको गोदाममा भएको आगलाागीमा परी ६ महिनाको शिशुसहित ५ जनाको मृत्यु भएको हो ।

आगलागी विद्युत् सट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ । आगलागी भएको संकेत २ बजेर ४० मिनेटमा दमकलमा जानकारी गराएका थिए । आगो नियन्त्रणमा लिनका लागि १२ वटा दमकलको प्रयोग गरिएको थियो ।

घटनाको समयमा ग्यास चुलो गोदामका मालिक टीएन सिंह बाहिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us