भोजपुरमा ट्रयाक्टर दुर्घटना

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते ११:०३ मा प्रकाशित

भोजपुरु, ६ वैशाख – भोजपुरमा बिहीबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भएर दुर्घटना भएको ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको छ । प्रहरीले चालक मेघराज राईलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us