३३ किलो सुनबारे सरकारका प्रवक्ता भन्छन्ः ३८ क्विन्टल नै बेपत्ता भएछ नि !

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख – सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले देशमा ३८ क्विन्टल सुन नै गायब भएको बताएका छन् ।

सिंहदरबारस्थित सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ३३ किलो सुनबारे सोधिएको प्रश्नको जवाफमा यस्तो जवाफ दिएका हुन् ।

प्रवक्ता बास्कोटाले भने, ‘३३ किलो सुनको कतिपल्ट भन्ने ? एउटा ३३ किलो इन्डिया पुगेर समात्या छ । यो ३३ किलोको कुरा । ३८ क्विन्टल नै बेपत्ता भएको रहेछ नि विगतमा । यस्तो नेक्सस नै ध्वस्त पार्ने अभियानमा हामी लागेका छौ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us