आराम गर्न पत्नी लिएर सुकुटे पुगे प्रचण्ड

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १६:२४ मा प्रकाशित

सिन्धुपाल्चोक, ५ बैशाख – सत्तारुढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको छ । तर, नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् ।

उनीसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा सुकुटे पुगेका हुन् । उनीहरु सुकुटे बीच रिसोर्टमा बस्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us