
विराटनगर, ५ बैशाख – मोरङको कानेपोखरी गाउँपालिका–६ फेसबूक चोकमा आगलागी भएको छ ।
सोही स्थान बस्ने बीरबहादुर भट्टराईको घरमा आगलागी हुँदा करीब १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको हो ।
भट्टराईको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेको लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको छ ।