भूकम्प गयो

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते ११:५० मा प्रकाशित

एजेन्सी – ताइवानमा बिहीबार दिउँसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो । हुवालिएन प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्पले राजधानी ताइपेईमा धक्का महशुस भएको थियो ।

भूकम्पपछि मानिसहरू घर छोडेर सडकमा आएका छन् । ताइपेईको भूमिगत रेल बन्द गरिएको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । सुरूमा ६.१ मा म्याग्निच्युडको भनिए पनि पछि त्यो सच्याएर ६.७ बनाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us