पाल्पामा जीप दुर्घटना हुँदा भाइको मृत्यु, दाजु घाइते

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते ११:३७ मा प्रकाशित

बुटवल, ५ बैशाख – पाल्पामा भएको जीप दुर्घनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

रम्भादेवि गाउँपालिका–३, देउराली भन्ने स्थानमा लु१ज १७८६ नम्वरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–२ सुरुमडाँडाका ३० वर्षीय चालक लालबहादुर सिंजालीको मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएका देवबहादुर सिंजाली मृतकका दाजु भएको जनाइएको छ । उनको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलेङ्ग भन्ने स्थानमा सामान छाडेर फर्किने क्रममा बुधबार राती ८ बजेको समयमा जीप ब्रेक फेल भई सडकबाट करिव २ सय मिटर तल खसेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्ण सापकोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us