
काठमाण्डु, चैत – भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीसँग लगनगाँठो कस्न चाहने भारतीय तथा विदेशी सेलिब्रेटीहरुले अझै केही वर्ष कुर्नुपर्ने भएको छ ।
विराटकी आमा सरोज कोहलीले हतारमा अहिले विराटको विहे नगर्ने बताएकी छिन् ।
बंगलादेशमा सम्पन्न ट्वान्टी–ट्वान्टी विश्वकपमा सानदार प्रदर्शन गर्दै ‘प्लेयर अफ दि सिरिज’ चुनिएका विराटलाई ईंग्ल्याण्डको महिला क्रिकेट टिमकी अलराउण्डर डानियल वाटले विबाहको प्रस्ताव राखेपछि विराटकी आमाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
भारतीय मिडियाहरुमा विराटको विबाहका विषयमा चर्चा चलिरहेका बेला उनकी आमाले भनेकी छिन्, ‘विराट अझै विबाहका लागि लायक भएको छैन । चार–पाँच वर्ष पछिमात्रै यसबारे सोच्न सकिन्छ । उसले भर्खरै क्रिकेट खेल्न सुरु गरेको छ, त्यसैले अहिले उसले आफ्नो ब्याटिङ र करियरमा ध्यान दिने बेला हो ।’
विराट पछिल्लो केही समय यता बलीउड अभिनेत्री अनुष्का शर्मासँग अफेयरमा छन् । उनीहरुबीचको प्रेम सम्बन्ध निकै चर्चामा छ ।
– एजेन्सीहरुको सहयोगमा