काठमाण्डु, २२ फागुन – ग्यास व्यवसायीले (बुधबार) आज देखि ग्यास नियमित ढुवानी गर्ने भएका छन् । उद्योग, वाणिज्यमन्त्री मातृका यादवको उपस्थितिमा नेपाल आयल निगम र ग्यास उद्योग संघबीच मंगलबार सहमति भएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका हुन् । 
व्यवसायीहरु विभिन्न माग राख्दै गत शुक्रबारलेखि आन्दोलनमा उत्रिएका थिए । सहमति जुटेसँगै उद्योगीले आजदेखि भारतबाट ग्यास ल्याउने भएका हुन् ।
ग्यास उद्योगीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एलपीजीलगायत पेट्रोलियम पदार्थ व्यवस्थापन तथा समग्र सुधारको मार्ग्चित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।
सहमती भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिँदै ग्यास व्यवसायीले आजदेखि ग्यास बिक्री–वितरण नियमित गर्ने भएका हुन ।