पर्यटकको सुरक्षा मजबुत

काठमाण्डु टुडे २०७० चैत २० गते १३:०८ मा प्रकाशित

रसुवा, २० चैत – लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा घुम्न आउने पर्यटकको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

पर्यटक प्रहरी चौकी स्याफ्रुबेंसीका अनुसार गोसाइँकुण्ड, लाङटाङका सबै होटलको पहिचान गरी हिमाली भेगमा भ्रमण गर्ने पर्यटकको लगत अद्यावधिक गराउने कार्य सुरु भइसकेको छ ।

स्थानीय ७० भन्दा बढी होटलव्यवासायी भेला गराई आआफ्नो होटलमा पर्यटक तान्न नपाइने र उनीहरूको रुचिअनुसार बस्ने वातावरण मिलाउन पर्यटक प्रहरीले व्यवसायीलाई निर्देशन समेत दिएको पर्यटक प्रहरी चौकीका इन्चार्ज चन्द्रवीर तामाङले जानकारी दिए ।

संगठित तवरले पर्यटकलाई सेवा पु¥याउन पेजुङ लामाको अध्यक्षतामा ११ सदस्यीय होटल व्यवसायी संघ तदर्थ समिति गठनसमेत गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us