अन्ततः सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७५ फागुन १० गते ११:२७ मा प्रकाशित

काठमाण्डु, १० फागुन – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गएको बुधबार भने सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको भाउ ५ वर्षअघिकै अवस्थामा पुगेको थियो ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us