सबै विदेशी मुद्राको मूल्य बढ्यो, कति ?

काठमाण्डु टुडे २०७५ फागुन ७ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, ७ फागुन – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा छ ।

मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा छ । यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८० पैसा तोकिएको छ ।

मंगलबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us