काठमाण्डु, ६ फागुन – सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम, कोरियन वन र बहराइन दिनारको भाउ स्थिर रहेको छ भने कुवेती दिनारको भाउ बढेको छ ।
राष्ट्र बैंकले सोमबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ । सोमबारका लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९७ पैसा छ ।
यस्तै सोमबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २३ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ०४ पैसा छ ।
यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।