काठमाण्डु, ४ फागुन – प्रतिकित्ता सय रुपैयाँ अंकित दरले ३ अर्ब १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन हुँने भएको छ ।
नेपाल धितोपत्र बोर्डमा २१ वटा विभिन्न कम्पनीले सेयर निष्काशको अनुमति माग्दै आवेदन दिएका छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । १५ वटा जलविद्युत कम्पनी, ४ वटा माइक्रो फाइनान्स, एउटा मर्चेन्ट बैंकिङ र एउटा इनभेष्टमेन्ट फण्ड रहेको छ ।
निष्काशनको पर्खाइमा रहेका मध्ये सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको सेयर रहेको छ । कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार ६ सय १० कित्ता आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस्तै घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता सेयर निष्काशनको माग गर्दै आवेदन दिएको छ ।
२१ वटा कम्पनीको आवेदनमा आवश्यक कागजात पुगेको अवस्थामा बोर्डले स्वीकृति दिनेछ र स्वीकृति लगतै आइपीओ सर्वसाधारणका लागि बिक्रि खुला हुनेछ ।
यी हुन् आइपीओ निष्काशनको तयारीमा रहेका २१ कम्पनी, कसले कति सेयर जारी गर्दैछन् ?