कराँते प्रतियोगिताका पदक विजेता खेलाडी सम्मानित

काठमाण्डु टुडे २०७५ माघ २७ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, २७ माघ – बानियाँटारस्थित पारामाउण्ट एकेडेमीले पाँचौँ राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ ।

दोलखामा भएको उक्त प्रतियोगितामा पारामाउण्टमा अध्ययनरत पुरुष ४५ केजीमा राजन तामाङले स्वर्ण जितेका थिए भने पुरुष ५० केजीमा सरल राजभण्डारी र ६० केजीमा प्रवीण कार्कीले काँस्य हात पारेका थिए ।

दोस्रो किड्स अभिभावक दिवस तथा सम्मान कार्यक्रममा एकेडेमीका अध्यक्ष एवम् सांसद जगदीश्वरनरसिंह केसी र संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले उनीहरुलाई सम्मानपत्र प्रदान गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us