शहीद स्मृतिकप फुटबल फागुन १ गतेदेखि

काठमाण्डु टुडे २०७५ माघ २६ गते ११:४६ मा प्रकाशित
 रुपन्देही, २६ माघ – शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । 
फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताका लागि सबै तयारी पूरा भएको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिए ।
तेइसौँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरिने उक्त प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार ५०० सहित कप तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । उक्त प्रतियोगितमा १० समूह सहभागी भएको बताइएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us