काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएपछि फेरि विनोद भण्डारी पनि आउट भएका छन् । ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका हुन् ।
भण्डारी पनि नाविदकै बलमा आउट भए । अहिले ज्ञानेन्द्रको ठाउँमा कप्तान पारस खड्का र विनोद भण्डारीको ठाउँमा सोमपाल कामी आएका छन् ।