टस हारेर नेपालले ब्याटिङको निम्तो पायो

काठमाण्डु टुडे २०७५ माघ ११ गते ११:१० मा प्रकाशित

काठमाण्डु, ११ माघ – यूएईविरुद्धको पहिलो एक दिवसीय खेलका लागि नेपाली टिम आईसीसी एकेडेमी मैदानमा पुगेको छ । खेल नेपाली समयअनुसार साढे एघार बजे सुरु हुनेछ ।

आज नेपाली टिमको ब्याटिङ अर्डरमा केही परिवर्तन हुने भएको छ । यूएईबाट प्राप्त जानकारी अनुसार विनोद भण्डारीले ओपनिङ गर्नेछन् । उनको साथमा उपकप्तान ज्ञानेन्द्र मल्ल रहनेछन् ।

युवा खेलाडी पवन सर्राफले पनि डेब्यू गर्नेछन् । भर्खरै भएको टसमा नेपाल पराजित भएको छ । यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us