राहुल गान्धीले बनाए बहिनीलाई महासचिव

काठमाण्डु टुडे २०७५ माघ ९ गते १५:०२ मा प्रकाशित

एजेन्सी । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले बहिनी प्रियंकालाई पार्टी महासचिव चुनेका छन् । उत्तरप्रदेशको पूर्व भाग हेर्ने गरी प्रियंकालाई महासचिव चुनिएको कंग्रेसले जनाएको छ ।

प्रियंकाले यसअघि सन् २०१४ मा दाजु राहुल र आमा सोनियाको निर्वाचन क्षेत्रमा चुनावी अभियान सम्हालेकी थिइन् ।

कंग्रेस नेताहरूले प्रियंकाको नियुक्तिसँगै आगामी मे र अप्रिलमा हुने लोकसभा चुनावमा उत्तर प्रदेशमा मायावती र अखिलेश यादवको गठबन्धनलाई चुनौती हुने दाबी गरेका छन् । उनले सत्तारूढ भारतीय जनता पार्टीलाई पनि धक्का लाग्ने कंग्रेसको आशा छ ।

भाजपाले गान्धीका पति व्यापारी रोबर्ट भद्रालाई हरियाणा र राजस्थानमा जग्गा खरिदमा भ्रष्टाचार गरेको भन्दै निशानामा पार्दै आएको छ । भाजपाले भने राहुल गान्धी फेल भएकाले प्रियंकालाई अघि सारिएको बताएको छ ।

प्रवक्ता सम्बित पात्रले भने, ‘राहुल गान्धी असफल भएपछि उनीहरूलाई साहराको रूपमा पियंका चाहिएको छ । उनीहरू आफ्नो परिवारभन्दा बाहिरका कोही पाउँदैनथे ।’

अध्यक्ष राहुलले भने प्रियंका शक्तिशाली नेता भएको बताएका छन् । आजै गान्धीले केसी भेनुगोपाल, अशोक गेल्हाट र जोतिर्यआदित्य सिन्दियालाई पनि महासचिव नियुक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us