
काठमाण्डु, ९ माघ – कारबाहीको तयारी चलिरहँदा सुटुक्क अष्ट्रेलिया उठेकी राजदूत लक्की शेर्पा दुई हप्ताभित्र फर्किने भएकी छन् ।
उनले आफन सरसामान फिर्ता ल्याउनका लागि पदमा बहाल भएकै बेला अष्ट्रलिया जाने चाहना पार्टीका अध्यक्षद्वयलाई सुनाएकी थिइन् । उनलाई कारबाही गर्ने गरी परराष्ट्र मन्त्रालयले उठाएको टिप्पणीको कागज मन्त्रिपरिषद् सचिवालयबाट फिर्ता नभएका कारण कारबाही स्थगितसम्म भएको हो ।
लक्कीनिकटस्थहरुले उनले आएलगत्तै राजीनामा दिने बताएका छन् । यदि राजीनामा दिइनन् भने मन्त्रिपरिषद्ले उनको नियुक्ति रद्द वा बर्खास्त गर्ने अधिकार राख्छ । – जनआश्था साप्ताहिकबाट