काठमाण्डु, १२ चैत – झापामा १ सय ५२ बर्ष अघि प्रयोग गरिएका बिट्रिसकालीन भारतीय चाँदीका सिक्का फेला पारेको छ ।
पाठामारी गाविसमा टयाक्टर चालक राम चौधरीले खेत जोत्दै गरेको अवस्थामा सिक्का फेला परेको हो ।
जमिन मुनी रहेको सानो माटोको घैलामा २ सय भन्दा बढी थान बिट्रिश भारतीय चाँदीका सिक्का फेला परेको स्थानीयले बताएका छन ।
फेला परेका चाँदीका सिक्कामा बेलायती राजा–रानीको तस्वीर अंकित भिक्टोरीया क्वीन वान रुपीज इन्डिया र इडग्रेड भी किङ्स इम्प्लोरर लेखिएको छ ।
भेटिएका सिक्का इलाका प्रहरी कार्यालयले बरामद गरेको छ । प्रहरी कार्यलयमा १० थान मात्र सिक्का राखिएको भए पनि स्थानीयले ५८ भन्दा बढी सिक्का प्रहरीले लगेको दाबी गरेका छन् ।