शेयर बजारः दोहोरो अङ्कको बढ्यो

काठमाण्डु टुडे २०७५ माघ १ गते १५:५३ मा प्रकाशित

काठमाण्डु, १ माघ – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज तीन दशमलव ०६ विन्दुले बढेर २५३ दशमलव ५५ विन्दुमा पुगेको छ ।

स्टककाअनुसार आज कूल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहको शेयरमा वृद्धि भएको छ । बैंकिङ पाँच दशमलव ०४, व्यापार दुई दशमलव ८७, होटल छ दशमलव पाँच, विकास बैंक १६ दशमलव ७५, जलविद्युत् ५२ दशमलव ७७, वित्त शून्य दशमलव ८९, निर्जीवन बीमा २३२ दशमलव ९२, उत्पादन दुई दशमलव ६५, अन्य ११ दशमलव ५५, माइक्रोफाइनान्स ५३ दशमलव ५४ र जीवन बीमा १९७ विन्दुले वृद्धि भएको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, गरिमा विकास लघुवित्त वित्तीय संस्था, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, अरुण कोवेली पावर, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

सिद्धार्थ इक्विटी फण्ड, गण्डकी विकास बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट, गुर्खाज फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us