
खोटाङ, १० चैत – आफ्नै बुबाबाट बलात्कृत भएकी खोटाङकी १४ वर्षीया बालिका समाजमा अझै पुनःस्थापना हुन सकेकी छैनन् ।बाल सेवा समाज नेपालद्वारा सञ्चालित महिला तथा बालबालिका पुनःस्थापना केन्द्रको संरक्षणमा रहेकी बालिका समाजमा पनःस्थापित हुन नसकेकी हुन् ।
पीडित बालिकाले आफ्नै गाउँमा बस्ने इच्छा भएपनि समाजका केही ब्यक्तिहरुले आफूलाई दुब्र्यबहार गर्ने भएकाले पुनःस्थापना हुन नसकेको जिल्लास्थित सरोकारवाला निकायबीच गुनासो गरेकी छिन् । उनले भनिन्,–‘घरमा गएर त बस्छु, तर, समाजले मलाई स्वीकार्दैनन्, कसरी घर जाउँ ?’
पीडित बालिकाका आफन्तले समेत सदरमुकाम दिक्तेलमा सरोकारवाला निकायबीच बलात्कृत बालिकालाई गाउँमा लगे आफन्तले बालिकाको परिवारलाई नै अस्वीकार गर्ने धम्की दिएपछि समस्या आएको बताएका छन् । सामाजिकरुपमा आफूहरु असुरक्षित भएकाले बालिकालाई पुनःस्थापना गर्न सहयोग पु¥याइदिन पीडित बालिकाकी आफन्तले अपिल गरेका छन् ।
यसअघि पीडित बालिकाकी आमा र हजुर बुबा सदरमुकाम आएर बालिकालाई समाजमा पुनःस्थापना गर्न नसक्ने बताएर फर्किएपछि थप समस्या भएको बालसेवा समाज नेपालका अध्यक्ष दिपनारायण रिजालले बताए ।
गत फागुन २ गतेदेखि महिला तथा बालबालिका पुनःस्थापना केन्द्रको संरक्षणमा रहेकी बालिकालाई सामाजिक रुपमा पुनःस्थापना गराउन आपूmहरु लागिपरेको उनले बताए ।
जिल्ला बाल कल्याण समिति अधिकृत रबिन राईले बालिकालाई समाजमा पुनःस्थापना गराउन आफूहरुले सक्दो पहल गरिरहेको भएपनि सफल नभएको बताए ।
महिला तथा बालबालिका अधिकृत समीक्षा निरौलाले समाजमा पुनःस्थापना गराउँदा कसैले विरोध गरे कानूनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए । उनले भने, ‘बालिकाको कुनै दोष नभएकाले उनले पुनःस्थापित हुन पाउनुपर्छ ।’
गत माघ २९ गते राति करिब १० बजे छोरीलाई बलात्कार गर्ने बाक्सिला–७ का ४० वर्षीय बस्नेत थरका आरोपितलाई जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले निजलाई फागुन २ गते पक्राउ गरी हाडनाता करणी मुद्दा दायर गरेको थियो ।
पीडित बालिकाको जिल्ला अस्पताल दिक्तेलमा फागुन २ गते भर्ना गरी स्वास्थ्योपचार गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।