
काठमाण्डु, १० चैत – राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार भएको भेटवार्तामा राष्ट्रपति यादवले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्न र एक वर्षभित्र संविधान निर्माण गर्ने प्रतिबद्धतालाई व्यावहारिक रुप दिन अध्यक्ष दाहाललाई आग्रह पगरेका छन् ।
शान्ति प्रक्रियाको एउटा शक्ति हुनुको नाताले संविधान निर्माणमा एमाओवादीको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउँदै राष्ट्रपति यादवले सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको अध्यक्ष दाहालका स्वीकय सचिव चुडामणि खड्काले दिए ।
राष्ट्रपति यादवको आग्रहलाई सकारात्मक रुपमा लिंदै अध्यक्ष दाहालले आफ्नो पार्टी संविधानसभाबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
संविधानसभा निर्वाचनको क्रममा जनताको बीचमा गरिएको प्रतिवद्धता, मुलुकको आवश्यकता पनि एक वर्षमा नै संविधान निर्माण गर्नु रहेको भन्दै अध्यक्ष दाहालले आफ्नोतर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाएका थिए ।