
मुगु, १० चैत – प्रवेशिका परीक्षाको सोमबारको अनिवार्य विज्ञान विषयको परीक्षाको अनुगमनमा आएको टोलीमाथि महाकाली उच्च मावि श्रीनगर मुगु गमगढी परीक्षा केन्द्रका विद्यार्थीले ढुङ्गामुढा गरेका छन् ।
परीक्षामा चिट चोर्न नदिई कडा गरेको निहुँमा आक्रोशित विद्यार्थीले सहायक प्रजिअ तोरण पराजुलीसहितको टोलीमाथि गरेका गरेका हुन् । ढुङ्गा प्रहारबाट कसैलाई चोटपटक भने लागेको छैन । ढुङ्गामुढा प्रहार गरेको अभियोगमा रुगा गाविस छार्प गाउँका दलसिंह बोहरालाई नियन्त्रणमा लिइएको छ ।
आफ्नो छोरा रमिता हेर्न मात्र गएको तर उसले ढुङ्गामुढा नगरेको दलसिंहका बुबा मयलालले बताए । ढुङ्गामुढाबाट परीक्षा केन्द्र केहीबेर तनावपूर्ण रहेको थियो ।