
काठमाण्डु, २४ पुस – काठमाण्डु महानगरपालिका– ५, भत्केको पुल नजिक रूद्रमती खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
तेह्रथुम चौउन्नडाँडा घर भएका ५१ वर्षीय डिल्लीकुमार थपलिया पानीमा डुबिरहेको अवस्थामा भेटिएका हुन् । उनी कसरी खोलामा डुबे भन्ने विषयमा केही खुलेको छैन । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।