
काठमाण्डु, १० चैत– विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइंदैछ ।
‘छुटेका १० हजार क्षयरोगका बिरामी खोजौं, उपचार गरौं र निको पारौं’ भन्ने रानाका साथ यो दिवस मनाउन लागिएको हो । दिवससका अवसरमा स्वाथ्य मन्त्रालय र क्षयरोग निवारण संस्थाले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैछन् ।
जर्मन वैज्ञानिक डा.रबर्ट कक्ले क्षयरोगको किटाण्ुा पत्ता लगाएको ठीक एक सय वर्षपछि सन्् १९९२ मार्च २४ देखि विश्व क्षयरोग दिवस मनाउन थालिएको हो ।
नेपाल क्षयरोग निवारण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष कम्तिमा २० हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३५ हजार ४ सय ३८ क्षयरोगका बिरामीले प्रत्यक्ष निगरानीमा उपचार गराएको नेपाल क्षयरोग निवारण केन्द्रका निर्देशक डा.राजेन्द्र पन्तले बताए ।
उनका अनुसार तीमध्ये ९० प्रतिशतको रोग पूर्ण रुपमा निको भएको छ । करिब १० हजार क्षयरोगका विरामी उपचारमा आउन नसकेको अनुमान केन्द्रको छ । क्षयरोगबाट नेपालमा वार्षिक पाँचदेखि सात हजार जनाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।
स्वास्प्रस्वासका माध्यमबाट सर्ने क्षयरोग नियन्त्रणका लागि नियमित उपचारमा आउन नसकेका १० हजार बिरामीको खोजी जरुरी रहेको चिकित्सकले बताएका छन् ।
माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने क्षयरोगको उपचार र औषधि सरकारले नि:शुल्क गरेको छ । रोग रोग लानेको थाहा पाउने बित्तिकै नियमित औषषि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुन्छ ।