सरकारको कामकारबाहीप्रति काँग्रेसमा तीव्र असन्तुष्टि

काठमाण्डु टुडे २०७० चैत ९ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– नेपाली काँग्रेसका सभासदहरुले आफ्नै पार्टी नेतृत्वको सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाएका NC-Flagछन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको संसदीय दलको बैठकमा सभासदले सरकार संस्थागत निर्णयबेगर चलेको भन्दै आपत्ति जनाएका हुन् ।

सरकार सञ्चालनमा आफूहरुको भूमिका कमजोर बनाइएको भनाइ उनीहरुको थियो । संसदीय दल र केन्द्रीय समितिमा छलफलै नगरी सरकारको न्युनतम नीति तथा कार्यक्रम ल्याइएकामा पनि सभासदहरुले विरोध गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्यसमेत रहेका सभासद डा. प्रकाशशरण महतले पार्टी नेतृत्वमा सरकार बनेलगत्तै गरिएको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनता आहात बनेको बताए ।

वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिने नेता महतले प्रधानमन्त्री सुशील कोइरालाले सरकार सञ्चालनका क्रममा संस्थागत ढंगले निर्णय नगरेको भन्दै आपत्ति जनाए ।

उनले प्रधानमन्त्री सफल हुन सरकार सञ्चालनमा सबैलाई समेटेर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे । बैठकमा केही सभासदले मन्त्रिपरिषद् विस्तारप्रतिसमेत आपत्ति जनाएका थिए ।

सभासद रामहरि खतिवडाले यसअघि मन्त्री नबनेकालाई प्राथमिकता दिने सार्वजनिक प्रतिबद्धताविपरीत पूरानै अनुहारलाई पार्टीका तर्फबाट मन्त्रिमण्डलमा समावेश गरेको भन्दै आपत्ति जनाए ।

खतिवडाले मन्त्री बन्नलाई मन्त्री बनेकै मापदण्ड बनाइएको भन्दै ब्यङ्ग्य गरे । आफ्नो घर र परिवार केही नरहेको बताउने प्रधानमन्त्रीले देश र पार्टीलाई नै घर बनाएर अघि बढ्नुपर्ने सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us