डडेलधुरा, ९ चैत – क्रिकेट खेल र खेलाडीविरुद्ध अभिव्यक्ति दिएको भन्दै डडेलधुरामा नेकपा–माओवादीका सचिव सीपी गजुरेलको पुत्ला जलाइएको छ ।
स्वतस्फुर्त रुपमा निस्किएको क्रिकेट प्रेमीहरुको जुलुसले सदरमुकाम परिक्रममा गरी गजुरेलको पुत्ला जलाएको हो । शनिबार राजधानीमा भएको एका कार्यक्रममा गजुरेलले क्रिकेटरले नभई देश नेताहरुले चलाउने भन्दै क्रिकेटले विक्रिति बढाएको टिप्पणी गरेका थिए ।