कोरियामा कामदारको पारिश्रमिक बढ्यो

काठमाण्डु टुडे २०७५ पुष १८ गते १२:३९ मा प्रकाशित

काठमाण्ठु, १८ पुस – नयाँ वर्षको आगमन भएसँगै दक्षिण कोरिया सरकारले कामदारको नयाँ पारिश्रमिक निर्धारण गरेको छ ।

यस वर्षका लागि वृद्धि गरिएको १०.९ प्रतिशत ज्याला जनवरीदेखि आगामी डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । नयाँ पारिश्रमिकअनुसार प्रतिघण्टा ८ हजार ३५० वन अर्थात् ७.३७ डलर निर्धारण गरिएको छ । ज्याला वृद्धिको खबरले कोरियामा कार्यरत नेपालीहरु उत्साहित बनेका छन् ।

तर न्यूनतम ज्याला वृद्धिसँगै कम्पनी सञ्चालकहरुले आप्रवासी कामदारलाई दिँदै आएको सुविधामा भारी कटौती गरेका छन् । यसअघि निःशूल्क खान र बस्न दिइएको सुविधाका साथै बोनसमा पनि कटौती भएपछि कामदारहरु मर्कामा परेका छन् ।

कोरियाको श्रम कानुनअनुसार प्रत्येक वर्ष श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिन्छ । विगत १० वर्षको वृद्धिलाई हेर्दा यसवर्षको वृद्धि सर्वाधिक भएको पनि बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us