काठमाण्डु, ८ चैत – नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गिरिजाप्रसाद कोइरालाको महत्वपुर्ण योगदान रहेको नेपाल ट्रेड युनियन काँग्रेसले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
सो अवसरमा विभिन्न दलका नेता तथा ट्रेड युनियनमा आबद्ध नेताहरुले स्व कोइरालाले आफ्नो व्यक्तिगत राजनीतिक जीवनलाई समेत दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको चर्चा गरे ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले स्व कोइराला विचारमा अडिग, प्रतिबद्ध, जुझारु र क्रान्तिकारी नेता रहेको धारणा व्यक्त गरे । नेपाल ट्रेड युनियन काँग्रेसका पुर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले स्व कोइराला ट्रेड युनियनको संस्थापक नेता रहेको बताए ।
नेपाल टे«ड युनियन काठमाण्डु शाखाका अध्यक्ष गणेश भटटराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले स्व कोइरालाले औँल्याएको श्रमजीवी अधिकारलाई स्थापित गर्न श्रमजीवीका नेताहरुले कसैसँग सम्झौता गर्न नहुने बताए ।
होटल क्यासिनोमा काम गर्ने मजदुरको अधिकार खोसिन नहुने उनको भनाइ थियो ।