गुण्डागर्दी नियन्त्रण पहिलो काम : गौतम

काठमाण्डु टुडे २०७० चैत ८ गते ८:०९ मा प्रकाशित

bamdevकाठमाण्डु, ८ चैत – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले शान्ति सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सातौं राष्ट्रिय सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै गौतमले आफ्नो पहिलो कार्यभार गुण्डागर्दी नियन्त्रण गर्नु रहेको बताए ।

जुनसुकै राजनीतिक दलको आवरणमा गुण्डागर्दी गरिएको भए पनि कसैलाई नछाड्ने गौतमको भनाइ छ । मानवअधिकार उल्लंघनप्रति सरकार गम्भीर रहेको भन्दै गौतमले मानवअधिकारको रक्षा गर्न प्रतिबद्ध रहेको बताए ।

सरकारको प्रमुख लक्ष्य संविधान निर्माण गर्नुरहेको भन्दै गौतमले एक वर्षभित्र लोकतान्त्रिक संविधान बन्ने आवश्वासन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us