युक्रेनको क्राइमियामा रुसी सैनिक बढे

काठमाण्डु टुडे २०७० फागुन २७ गते २:५१ मा प्रकाशित

काठमाण्डु, २७ फागुन –युक्रेनको विवादित क्राईमिया प्रान्तमा रुसले बिस्तारै सैन्य शक्ती बढाउँदै गएको छ ।

क्राईमिया संसदले आफ्नो प्रान्त रुसमा बिलय गराउने बिद्ययक पास गरेपछि रुसले त्यहाँ सैन्य शक्ती बढाउँदै लगेको बिबिसीले जनाएको छ ।
सोमबार रुसी सेनाले क्राईमियाको एक सैन्य अस्पताल कब्जा गरेको छ । जसमा क्राईमियाली स्थानीय मिलिशिया पनि सहभागि थिए ।
क्राईमियाको प्रशासनिक राजधानी सिमफेरोपोलमा रहेको उक्त अस्पतालमा ३० जना बिरामीले उपचार गराईरहेका थिए भने ती मध्य केहि बिरामी गम्भीर प्रकृतिका छन् ।
यसैबिच, रुसको बढ्दो हस्तक्षप बिरुद्ध अमेरिकाले कडा कदम चाल्ने तयारी गरिरहेको छ ।

अमेरिकाको नेतृत्वमा नेटो सेनाले क्राईमिया आसपासको समुन्द्रिक क्षेत्रमा आफ्ना युद्धपोत परिचालन गरिसकेको अधिकारीहरुले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us