
पोखरा, २३ फागुन – संकटा क्लव १२औं आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा जावलाखेल युथ क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
उसका लागि २३ औं मिनेटमा विक्रम लामाले गरेको गोल निर्णायक बन्यो ।
संकटाले अब क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लवसँग खेल्नेछ ।