
काठमाण्डु, २३ फागुन – क्रिकेट टी ट्वान्टी विश्वकप क्रिकेटको अभ्यासका लागि युएईमा रहेको नेपाली टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आगामी आइतबार बंगलादेश जाने नेपाली टोलीले आज अन्तिम अभ्यास खेलमा सहभागि हुन लागेको क्रिकेट एशोसिएसन नेपाल क्यानले जनाएको छ ।
हिजो भएको पहिलो अभ्यास खेलमा नेपालल नेदरल्याण्डसँग ४४ रनले पराजित भएको थियो ।
पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेटमा सहभागि हुन लागेको नेपालले पहिलो खेलमा आगामी २ गते हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।