
काठमाण्डु, १६ फागुन – मण्डला थिएटरमा शुक्रवारदेखि ‘हत्छाकुप्पा’ नाटक सुरु हुँदैछ ।
मितज्यू नाटकको सकिएलगत्तै यो नाटक मञ्चन हुन लागेको हो । नाटक फागुन तीस गतेसम्म चल्ने मण्डला थिएटरले जनाएको छ ।
राजन मुकारुङ्गले लेखेको कथालाई पशुपति राईले निर्देशन गरेका छन् । पूर्वी पहाडी जिल्लाको कथालाई नाटकमा उतारिएको रंगकर्मी राजन खतिवडाले बताए । पछिल्लो समय नाटकले दर्शक तान्दै गएको छ ।