काठमाण्डु, १५ फागुन – उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारी आवास सुविधा नलिने भएका छन् । मन्त्री सिंह शुभेच्छुकहरुसँग भेटघाटका लागि सरकारी निवास झन्झटिलो हुने भएकाले निजी निवासमै बस्ने निर्णयमा पुगेका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।
‘क्याटरमा सुभेच्छुकहरुको आवतजावतमा सहज हुँदैन, लामिछानेले भने, ‘सोही कारण मन्त्रीज्यूले चाक्सीबासी स्थित निजी निवासमानै बस्ने घोषणा गर्नुभएको हो । सरकारी आवास सुविधा लिएको भए उनी पुल्चोकस्थित मन्त्री निवासमा बस्नु पर्ने थियो ।
उनले मन्त्रिमण्डलमा सहभागी भएको तीन दिनपछि यस्तो घोषणा गरेका हुन् ।